अगेनो सम्वादाता ः भदौ १८- जिल्ला प्रशासन कार्यालय दोलखामा गत वर्ष ५ हजार ६ सय ३० जनाको राहदानीका लागि विवरण दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखामा गत आर्थिक वर्ष २०८१/०८२ मा पुरुष ३ हजार २ सय ४ जना,महिला २ हजार ३ सय ३१ जना,नाबालक ९५ जना गरि ५ हजार ६ सय ३० जनाको राहदानीका लागि विवरण दर्ता गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । जिल्लामा ५ हजार ३ सय ६० वटा राहदानी वितरण गरिएको छ । जिल्लामा गतआर्थिक वर्ष ०८०/०८१ मा ७ हजार ४ सय ६१ जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।