Saturday, October 31, 2026

स्थानीय तहमा समावेशी विकास परियोजनाको बैठक सम्पन्न


अगेनो न्यूज -कात्तिक १२- स्थानीय तहमा समावेशी विकास परियोजना अन्तरगत सञ्चारकर्मी,अपाङगता भएको व्यक्तीहरुको क्षेत्रमा काम गदै आएका संघ संस्था सहित सरोकारवालाहरुको बैठक आज दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । परियोजनाका संयोजक पशुपति नेपालीको अध्यक्षतामा बसेको बैठकले अपाङगता भएका व्यक्तीहरुको अवस्था र आवश्यकताको बारेमा सञ्चार माध्यमहरुले प्रचाार प्रसार गर्ने, उद्योग तथा व्यवासायिक क्षेत्रमा अपाङगता भएका व्यक्तीहरुलाई सहयोग गर्ने र अपाङगता भएका व्यक्तीहरुको क्षेत्रमा काम गर्ने संघ संस्था निरन्तर सञ्चालनका लागि स्थानीय तह र संस्थालाई जिम्मेवार बनाउने लगायतको निर्णय भएको हो । बैठकमा अपाङगता भएका व्यक्तीहरुको अवस्था र आवश्यकताको बारेमा सञ्चार माध्यमको भुमीका,उद्योग तथा व्यवासायिक क्षेत्रमा अपाङगता भएका व्यक्तीहरुलाई सहभागीता गराउने र अपाङगता भएका व्यक्तीहरुको क्षेत्रमा काम गर्ने संघ संस्था निरन्तर सञ्चालन गर्नका लागि स्थानीय तह र संस्थाको भुमीका बारेमा छलफल गरिएको थियो । अपाङ्ग तथा दुष्टिविहिन समुदाय सेवा संघ दोलखाको आयोजना,भीमेश्वर नागरिकताको समन्वय,राष्ट्रिय अपाङ महासंघको  साँझेदरीमा भएको बैठकमा भीमेश्वर नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत नारायणप्रसाद सेढाई,भीमेश्वर नगरपालिका महिला बालबालिकाहरु तथा जेष्ठ नागरिक शाखाका प्रमुख मङगला मानन्धर अपाङ्ग तथा दुष्टिविहिन समुदाय सेवा संघ दोलखाका अध्यक्ष रामकृष्ण तमाङ,सचिव मखन पाण्डे,होटल व्यवसायिक संघ दोलखाका उपाध्यक्ष विनोद जिरेल, पत्रकार बाबुराम शर्मा, अपाङगता भएका व्यक्तीहरुको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रमुख तथा प्रतिनीधी र अपाङगता भएका सहित सरोकारवालाहरुको सहभागीता रहेको थियो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like