- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः भदौ १८- नेकपा एमाले यहि भदौ २० गतदेखी २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनमा दोलखाबाट २४ जना प्रतिनिधि सहभागी हुने भएका छन् । ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनका लागि जिल्लाबाट २४ जना सहभागी हुने नेकपा एमाले दोलखाले जनाएको छ । जिल्लाबाट जिल्ला कमीटी अध्यक्ष नर कहादुर श्रेष्ठ सहित ईश्वर चन्द्र पोखरेल, भरतप्रसाद दुलाल, कृष्ण भुजेज,डवल पाण्डे, भरत बहादुर केसी, मित्र बहादुर जिरेल,बालकृष्ण शिवाकोटी, धनबहादुर तमाङ,हर्कमान तमाङ,जिवसराज खड्का,शुभ शेर्पा,ठुला थामी, शान्तिमाया पाख्रिन, कालिका पाठक, उर्मिला थामी, कमला बस्नेत,गोमा केसी,शान्तिकुमारी तमाङ, गायत्री आचार्य, टेक बहादुर घतानी,सुन्दर विश्वकर्मा र दान बहादुर विमली सहभागी हुने छन् । १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै आगामी विधान महाधिवेशनका प्रतिनिधि हुने एमालेले जनाएको छ ।