Saturday, August 1, 2026

युवा लक्षित कृत्रिम बुद्धिमत्ता (एआई) तालिम चरिकोटमा सुरु


अगेनो न्यूज,असार १३- युवालाई लक्षित गरी आयोजना गरिएको दुई दिने कृत्रिम बुद्धिमत्ता (एआई) तालिम आजबाट दोलखा सदरमुकाम चरिकोटमा सुरु भएको छ। गौरीशंकर सामुदायिक पुस्तकालय दोलखा र मदन भण्डारी फाउन्डेसन दोलखाको संयुक्त आयोजनामा तालिम सञ्चालन गरिएको हो । युवाहरूलाई एआई प्रविधिको आधारभूत ज्ञान, यसको व्यावहारिक प्रयोग तथा शिक्षा, सञ्चार,उद्यमशीलता र दैनिक जीवनमा एआईको प्रभावकारी उपयोगबारे जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिममा अभिशेक तिवारीले एआईका अवधारणा, विभिन्न एआई उपकरणहरूको प्रयोग, जिम्मेवार एआईको उपयोग तथा डिजिटल सीप विकाससम्बन्धी विषयमा सहजीकरण गर्नु भएको छ ।तालिमले युवाहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै डिजिटल सीप अभिवृद्धि गर्न र रोजगारी तथा उद्यमशीलताका नयाँ अवसर पहिचान गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । गौरीशंकर सामुदायिक पुस्तकालय दोलखा र मदन भण्डारी फाउन्डेसन दोलखाका अध्यक्ष कृष्ण बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका नेता आन्नद प्रसाद पोखरेल, मदन भण्डारी फाउण्डेशनको बागमति प्रदेश सदस्य केशव चौलागाई लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको भोली ७५ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ। वि.सं.२००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा परी निधन भएको थियो।जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक भण्डारी नेपालको राजनीतिक वृत्तमा माक्र्सवादको नवीन प्रयोगकर्ता तथा विचारक रहनुभएको थियो ।




Super Admin

agenonews

Please Login to comment in the post!