- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,असार १५- दोलखाको सदरमुकाम चरिकोटमा सञ्चालन भईरहेका सार्वजनिक सवारीका साधनमा राख्नका लागि आज डस्विन वितरण गरिएको छ । एक जिल्ला एक वडा प्लास्टिक मुक्त क्षेत्र अभियान अन्तर्गत प्लास्टिकजन्य फोहोर न्यूनीकरण तथा स्वच्छ वातावरण प्रबद्र्धन गर्ने उद्देश्यले सार्वजनिक सवारीका साधानमा राख्नका लागि ग्लोबल ह्यान्डस नेपाल दोलखाको अगुवाई तथा डिभिजन वन कार्यालय दोलखार मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा १ सय २० वटा डस्विन वितरण गरिएको ग्लोबल ह्यान्डस नेपाल दोलखाका अध्यक्ष राजकुमार ढुङगेलले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धर, उपप्रमुख कमला बस्नेत, डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रेग्मी लगायतको सहभागिता रहेको थियो। अभियानमार्फत सार्वजनिक यातायातलाई स्वच्छ,सफा र वातावरणमैत्री बनाउँदै प्लास्टिकजन्य फोहोर न्यूनीकरणमा सबैको सहभागिता बढाउने लक्ष्य राखिएको ग्लोबल ह्यान्डस नेपालले जनाएको छ ।