Saturday, August 1, 2026

दोलखामा कुन पालिकाले कति बजेट ल्याए (बजेट सहित )


अगेनो न्यूज,असार ११- दोलखाका ९ वटा नै स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि गाउँ र नगर सभामा निति तथा कार्यक्रम सहित बजेट पेस गरेका छन् । जिल्लाका  स्थानीय तहले आगामी आर्थिक वर्ष यस अगाडिका अधुरा योजना पूरा गर्ने, स्थानीय तहलाई सूचना तथा प्रविधिमैत्री बनाउने र सुशासनलाई जोड पाईएको छ । जिल्लाको भीमेश्वर नगरपालिकाले ८९ करोड ४० लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ भने जिल्लाको जिरी नगरपालिकाले ५९ करोड ७ लाख रुपैयाँ बराबरको बजेट सभामा पेश गरेको छ । तामाकोशी गाउँपालिकाले ८२ करोड १० लाख रुपैयाँ, कालिञ्चोकले ६४ करोड ७० लाख, विगुले ६१ करोड ६९ लाख ,शैलुङले ६१ करोड ६० लाख , गौरीशंकरले ५९ करोड ३८ लाख, मेलुङ गाउँपालिकाले ५४ करोड ५४ लाख र वैतेश्वर गाउँपालिकाले आगामी ४९ करोड ५७ लाख ४३ हजार रुपैयाँ बजेट गाउँ र नगर सभामा पेश गरेको पाईएको छ । २०७९ वैशाखमा सम्पन्न स्थानीय तहका जनप्रतिनिधिहरूको बजेट सभामा ल्याउने यो अन्तिम कार्यकाल हो । जनप्रतिनिधिको अन्तिम कार्यकाल भएकाले पनि विगतका अधुरा योजना पूरा गर्ने गरी स्थानीय तहले बजेटमा प्राथमिकता दिएका हुन् ।  




Super Admin

agenonews

Please Login to comment in the post!

you may also like