Thursday, November 6, 2025

भीमेश्वर ९ खुल्ला पुरुष फुटबल प्रतियोगितामा २० टिम सहभागी हुने


अगेनो सम्वादाता ः असोज २७ -दोलखाको ‘भीमेश्वर वडा नम्वर ९ खुल्ला पुरुष फुटबल प्रतियोगिता २०८२ आजबाट हुने भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ९ ले बार्षिक रुपमा आयोजना गर्ने गरेको ‘भीमेश्वर ९ खुल्ला पुरुष फुटबल प्रतियोगीताको तेस्रो संस्करण आजदेखि सुरु गर्न लागेको भीमेश्वर नगरपालिका वडा ९का वडा अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको तेस्रो संस्करणमा दोलखा र सिन्धुपाल्चोकका २० वटा टिमको सहभागीता रहेको छ । नकआउटका आधारमा खेलाईने खेल वडा नम्बर ९ मा रहेको खरिढुङ्गा खेल मैदानमा सञ्चालन हुनेछ । खेलको टाइसिट आईतबार सार्वजनिक गरिएको छ । प्रतियोगिताको विजेताले पुरस्कार स्वरुप नगद १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी पाउनुहुने  छ ।त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ५ हजार रुपैयाँ नगदसहित ट्रफी पाउनेहुने छ ।


Super Admin

agenonews

Please Login to comment in the post!