Thursday, November 6, 2025

जनसचेतन साकोस चरिकोट सेवा केन्द्रको ३२ औँ वार्षिक साधारण सम्पन्न


अगेनो सम्वादाता ः असोज २७ - दोलखाको वैतेश्वर गाउँपालिकाको मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको इकाईगत रुपमा ३२ औँ वार्षिक साधारण सभा अन्र्तगत चरिकोट सेवा केन्द्रको साधारण सम्पन्न भएको छ । सभामा संस्थामा आर्थिक वर्षको भदौ मसान्तसम्म कुल पुजीँ २ अर्ब ५४ करोड १० लाख ८३ हजार ६ सय ८६ रुपैयाँ रहेको सहकारी संस्थाका अध्यक्ष गोपालध्वज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार २०५० साल स्थापन भएको सहकारीमा हाल ३६ हजार ६ सय ७९ जना शेयर सदस्य रहेका छन् । साधारण सभाको अवसरमा जेष्ठ शेयर सदस्यहरु अमरमाया श्रेष्ठ,तुलासामाया चौलागाई,उत्कृष्ट मासिक बचतकर्ता जीवन लामा,उतकृष्ट बालबचकर्ता जेन्स मोक्तान,असल ऋणि पुरुषोत्तम सेढाई र जनसचेतन आवाजमा अन्तरगत जगत्त बहादुर कार्कीलाई सम्मान गरिएको छ । सहकारी संस्थाले असोज २१गतेबाट इकाईगत रुपमा ३२ आँै वार्षिक साधारण सभा गरिरहेको छ । हाल सम्म मिर्गे सेवा केन्द्र,नाम्दु सेवाकेन्द्र,मार्वु सेवाकेन्द्र, वैतेश्वर सेवा केन्द्र्र, जिरी सेवाकेन्द्र,हाँवा सेवाकेन्द्र,बाघखोर सेवाकेन्द्र,पवटी सेवाकेन्द्र,भैसे सेवाकेन्द्र,काठमाण्डौँ सेवाकेन्द्र,चरिकोट सेवाकेन्द्र र बाबरे सेवाकेन्द्रमा इकाईगत रुपमा ३२ आँै वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका बाँकी सेवा केन्द्रको साधारण सभा असोज २८ अर्थात भोली सम्पन्न हुने छन् भने कात्तिक १ गते मैनापोखरीमा ईकाई प्रतिनीधीहरुको सभा हुने छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like