- by agenonews
- Oct 12, 2025
अगेनो न्यूज,फागुन १, क्रीकेट संघ दोलखाको आयोजनामा २०८२ फागुन १ गतेबाट अन्तर मा. वि, स्तरीय खुल्ला क्रीकेट रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कार्यक्रमको उद्घाटन क्रीकेट संघ नेपालका पुर्व पदाधिकारी तथा बाग्मती प्रदेशका माननीय मन्त्री भरत बहादुर के. सि ले गर्नुभयो । विशेष अतिथी बार यसोसियसन नेपाल, दोलखाका अध्यक्ष कृष्ण बहादुर बस्नेत र फूटबल संघका पुर्व उपमहासचिव बाबुकाजी बस्नेत रहनुभएको थियो । चुनावी सरगर्मी बढेको यो समयमा खेल उद्घाटन गर्न आइपुग्नुभएका मन्त्री के.सिले राजनिती भन्दा माथी खेल रहेको बताउदै, सबै पार्टी, संघ ,सस्थाले साथ र सहयोग पुर्याउनुपर्ने मा जोड दिनुभयो ।
चार दिनसम्म चल्ने खेलमा ६ विद्यालयले सहभागिता जनाएका छन । जसमा - त्रीपुरा ग्लोरियस एकेडेमी, अल्पाइन बोर्डिङ स्कुल,माउन्ट भ्याली बोर्डिङ स्कुल, द राइजिङ स्टार बोर्डिङ स्कुल, निलकण्ठेश्वर मावी र सहिद स्मृति माबि रहेका छन ।
शिल्ड, मेडल र प्रमाणपत्र सहित विजेतालाइ नगद रु. ३०,०००/- पुरस्कार रहेको खेलको उपविजेताले शिल्ड,मेडल र प्रमाणपत्र सहित रु.२०,०००/- प्राप्त गर्ने आयोजकले जनाएको छ ।