- by agenonews
- Oct 13, 2025
अगेनो न्यूज ःमंसिर १८- दोलखाको सदरमुकाम चरिकोटमा आजबाट प्रथम जिल्ला स्तरीय तथा इन्टर मेम्बरसिप एम्ब्रोसिया कप ब्याडमिन्टन प्रतियोगितासुरु भएको छ । दोलखा जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा होटल एम्ब्रोसिया चरिकोटको प्रायोजनमा भएको प्रतियोगिताको उद्घाटन भीमेश्वर नगरपालिकाका मेयर इश्वरनारायण मानन्धरले गर्नुभएको थियो । दोलखा जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष सागर श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगीता उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, गरुड दल गणका गणपति लोकसागर कटुवाल,शसस्त्र प्रहरी बलका प्रहरी नायब उपरिक्षक सञ्जय अधिकारी,जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिना,होटल एम्ब्रोसियाका सञ्चालक दिनेश बस्नेत,नेपाल पत्रकार महासघ दोलखाका अध्यक्ष प्रभु जिरेल, दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष रुद्रजंग बुढाथोकी लगायतको सहभागता रहेको थियो । प्रतियोगिताको विजेतालाई नगद २५ हजार,उपविजेतालाई १५हजार र सेमीफाईनलमा पुग्ने टिमलाई नगद ५हजार सहित मेडल,ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । भोली सम्म सञ्चालन हुने प्रतियोगितामा जिल्ला भरीका ३८ वटा टिमको सहभागीता रहेको जिल्ला ब्याडमिन्टन संघ दोलखाले जनाएको छ ।