- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता साउन ११ -दोलखाको वैतेश्वर गाउँपालिकाबाट बिरामी लिएर आउँदै गरेको एम्बुलेन्स आज दुर्घटना हुँदा एक महिला घाइते हुनुभएको छ । जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर १ गैरीमुदीबाट बिरामी लिएर चरिकोट आउँदै गरेको बागमती प्रदेश ०१–००२ झ ७३०२ नम्बरको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो । उहाँँका अनुसार दुर्घटनामा परी गैरीमुदीका ३४ वर्षीया साङ्डोल्मा शेर्पा घाइते हुनुभएको हो । शेर्पा घाइते महिला बिरामीको आफन्त भएको प्रहरीले जनाएको छ । घाईतेको च्छोरोल्पा अस्पतालमा उपचार भई रहेको छ । गैरीमुदीका मोनीका शेर्पाको उपचारका लागि चरिकोट ल्याउने क्रममा भीमेश्वर नगरपालिका वडा नम्वर ५ गोलाईमा ठोक्किएर दुर्घटना एम्बुलेन्स दुर्घटना भएको हो ।