Monday, September 22, 2025

दोलखाको जिरीमा खेल्ने क्रममा लडेर एक युवक गम्भीर घाईते


अगेनो सम्वादाता साउन ११ - दोलखाको जिरी नगरपालिकामा पार्कमा रहेको प्रतिक्षालयमा खेल्ने क्रममा एक युवक लडेर घाइते हुनुभएको छ । जिल्लाको जिरी नगरपालिका वडा नम्वर ७ सुर्केका ३९ वर्षीय नुर्बु शेर्पा लडेर गम्भीर घाइते भएको हो । जङ्गली जडिबुटी खोज्न जिरीको ठूलो नागी क्षेत्र गएका शेर्पा जिरी नगरपालिका वडा नम्वर ६ स्थित गुराँस पार्कको प्रतिक्षालयमा झुण्डिएर खेल्ने क्रममा लडनुभएको थियो । प्रतिक्षालयको ट्रष्टमा झुण्डिने क्रममा उहाँको टाउको सिमेन्टको कंक्रिटमा बजारिएको थियो । टाउकोमा गम्भीर चोट लागेका शेर्पालाई जिरी अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाण्डौं लगिएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like