- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता साउन ९-दोलखामा १८ हजार ७ सय ७० जना नागरिक मनसुनजन्य विपत्तिबाट प्रभावित हुनसक्ने आँकलन गरिएको छ । जिल्लामा यसवर्षको मनसुनजन्य विपत्तिबाट ४ हजार ८सय ६५ घरपरिवारका १८ हजार ७ सय ७० जना नागरिक प्रभावित हुनसक्ने आँकलन गरिएको प्रमुख जिल्ला अधिकारी एंव जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष शिवराम गेलालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा यसवर्ष बाढीबाट २ हजार २५ घरपरिवारका ७ हजार ७ सय ६० जना नागरिक प्रभावित हुने अनुमान गरिएको छ भने पहिरोबाट २ हजार ८ सय ४० घरपरिवारका ११ हजार जना नागरिक प्रभावित हुने अनुमान गरिएको हो । जिल्लाका ९ वटानै स्थानीय तहमा बाढी र पहिराको उच्च जोखिम देखिएको विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिले स्थानीय तहका विपद् व्यवस्थापन समिति तथा जनप्रतिनिधि र सुरक्षाकर्मीको तथ्याङ्कका आधारमा उक्त अनुमान गरिएको हो ।