Thursday, November 6, 2025

दोलखामा देउसी भैलो राति १० बजेसम्म मात्र खेल्न पाइने


अगेनो सम्वादाता ः असोज २८ - दोलखामा राती १०बजेपछि तिहारको देउसी भैलो खेल्न रोक लगाइर्एकको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले देउसी भैलो लगायतका सास्कृतिक कार्यक्रमहरु रातको समयमा सञ्चालन गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने कारण देखाउँदै राती १० बजेपछि देउसी भैलो खेल्न रोक लगाएको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज एक सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन,मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गर्नुभयो हो । प्रशासनले कानुन विपरीत जुवातास, लङ्गुर बुर्जा नखेल्न,भूइँचम्पा,पटाका  तथा प्रज्वलनशील पदार्थको प्रयोग,ओसारपसार,बिक्री वितरण लगायत कार्य नगर्ननगराउन पनि अनुरोध गरेको छ भने देउसी भैलो कार्यक्रलाई मर्यादित बनाउन अन्य मनोरञ्जनात्मक क्रियाकलाप बेलुकी १० बजे सम्म मात्र संचालन गर्न अनुरोध गरेको छ । सूचनामा उ्ल्लेखित विषयको पालना नगरे प्रचलित कानुन अनुसार कारबाही हुने प्रशासनले जनाएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like