Thursday, November 6, 2025

दोलखामा नयाँ मतदाता नामावली बनाउन उत्साहित,१८ दिनमा थपिए २१२ मतदाता


अगेनो सम्वादाता ः असोज २८- नेपाल सरकारले अगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेपछि दोलखामा नयाँ मतदाता नामावलीमा नाम समावेश गराउन उत्साहित देखिएका छन् । निर्वाचन आयोगको असोज ९ गतेको निर्णयअनुसार आगामी ३० कात्तिकसम्म दर्ता गर्न सकिने भएपछि दोलखामा नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउने निर्वाचन कार्यालयमा प्रत्येक दिन भिड लाग्ने गरेको पाईएको छ । दोलखामा आयोगको निर्णय पछि हाल सम्म २ सय १२ जनाले नयाँ मतदाता नामावलीमा नाम समावेश गरेको निर्वाचन कार्यालय दोलखाका सुचना अधिकारी विशाल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधिमा १ सय २६ जना पुरुष र ८६ जना महिलाले नयाँ मतदाता नामावलीमा नाम समावेश गरिसक्नु भएको छ । सरकारको निर्णय अघि दैनिक ३ देखी ४ जना नयाँ मतदाता नामावलीमा नाम समावेश गर्नका लागि कार्यालयमा आउने गरेकोमा हाल २५ देखी ३० जना  आउने गरेका छन् । जिल्लामा युवासँग अन्य नागरिकहरु पनि नामावलीमा नाम समावेश गर्नका आउने गर्नुभएको निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like