- by agenonews
- Oct 14, 2025
अगेनो न्यूज ः माघ १- विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाको १४ औं वार्षिक साधारण सभा आज दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । समितिले वार्षिक साधारण सभाको अवसरमा प्रदेय नामक साहित्यिक पुस्तक पनि सार्वजनिक गरेको छ । मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार तमाङले पुस्तक सार्वजनक गर्नुभएको हो । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्केको अध्यक्षतामा भएको कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तमाङ,नेपाल बारएशोेसिएसन दोलखाका अध्यक्ष कृष्ण बस्नेत, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रमु जिरेल, साहित्यकार शुसीला शर्मा,प्रगतिशील लेखक संघ दोलखाका अध्यक्ष तारा बहादुर महत,विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका सचिव जीवन लामा र पत्रकार गोकर्ण प्रसाद भण्डारीले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमासाहित्यकार सम्राट चौलागाईले समाजसेवी ऋषी न्यौपानेको सहयोगमा संकलन गरेको रकमबाट जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नम्वर १ का गोपी थामीको परिवारलाई खाद्यान्न तथा कपडा प्रदान गरिएको थियो ।