- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः माघ २- दोलखाको विगुमा निर्माणाधिन घरबाट लडेर गम्भीर घाईते हुनुभएको एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको विगु गाउँपालिका वडा नम्वर ६ का ३७ वर्षीय पुष्कर थामी निर्माणाधिन घरबाट लडेर गम्भीर घाईतेहुनुभएको थियो ।थामीको हिजो केएमसी अस्पताल काठमाण्डौँमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । थामी गत पुस २५ गते सोही स्थानका बेग बहादुर थामीको घर निर्माण गर्ने क्रममा घरबाट एक्कासी लडेर घाईते गम्भीर भएको थियो । गम्भीर घाईते भएका थामीलाई स्थानीय सिंगटी अस्पतालमा प्राथमिक उपचारपछि पुस २५ गते थप उपचारका लागि केएमसि अस्पताल सिनामंगल काठमाण्डौ रिफर गरिएको थियो ।