Sunday, February 1, 2026

निर्वाचन प्रहरीका लागि दोलखामा म्याद थपियो


अगेनो न्यूज ः माघ १-दोलखामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माग गरिएको निर्वाचन प्रहरीको भर्ना अवधि थप गरिएको छ । जिल्लामा गत पौष २४ गते देखी आजसम्म जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको कार्यालय चरिकोटमा निवेदन दिनसक्ने व्यवस्था गरिएकोमा दुई दिन अर्थात माघ ३ गते सम्म म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिम्लसिनाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा माग भएअनुसार निर्वाचन प्रहरी भर्ना नभएका कारण म्याद थप गरिएको हो । निर्वाचनका लागि जिल्लामा १ हजार ३ सय ५० जना निर्वाचन प्रहरी माग गरिएकोमा पौष २४ गतेदेखी पौष ३० गते सम्म  नेपाल प्रहरीमा  ६ सय ४४ जना र सशस्त्र प्रहरी बलमा ५ सय ५५ जना गरि १ हजार ९सय ९९ जनाले मात्र निर्वाचन प्रहरीको लागि आवेदन दर्ता गराएका छन् ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like