Sunday, November 30, 2025

मन्त्री खरेललाई गृह जिल्ला दोलखामा भव्य स्वागत


अगेनो न्यूज ःमंसिर ७- सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा नेपाल सरकारका  प्रवक्ता जगदिश खरेल आज गृह जिल्ला दोलखा आउनु भएको छ । मन्त्री भएपछि गृह जिल्ला  दोलखामा पहिलो पटक आउनु भएको मन्त्री खरेललाई जिल्ला बासीहरुले स्वागत गर्नुभएको छ । मन्त्री खरेल जन्मस्थल जिल्लाको कालिन्चोक गाउँपालिका सुनखानी पुग्नु भएपछि स्थानीय बासीहरूले भव्य रुपमा बाजागाजा सहित स्वागत तथा अभिनन्दन गर्नुभएको हो । मन्त्री खरेलले सुनखानीमा रहेको कालिनाग मन्दिरमा दर्शन गरी पूजाअर्चना समेत गर्नुभएको थियो । मन्त्री खरेल अध्ययन गर्नुभएको कालिञ्चोक गाउँपालिका वडा नम्वर ८ सुनखानीमा रहेको कालिना माध्यामीक विद्यालयका शिक्षक,विद्यार्थीहरु लगायतले भव्य स्वागत गर्नुभएको पाईएको छ । बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्वोधन गर्नुहुदैँ मन्त्री खरेलले आफूलाई दिएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। मन्त्री खरेल आज दोलखाको सदरमुकाम चरिकोटमा बस्ने हुनेछ भने भोली जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरूसँग छलफल तथा बैठकमा सहभागी हुने कार्यतालिका रहेको उहाँको सचिवालयले जनाएको छ।



Super Admin

agenonews

Please Login to comment in the post!

you may also like