- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता साउन १२ -दोलखामा गत आर्थिक बर्षमा ३९ वटा सवारीका साधन दुर्घटना हुदाँ ९ जनाको मृत्यु भएको छ । जिल्लामा गत आर्थिक बर्ष २०८१÷०८२ मा ३९ वटा सवारी साधन दुर्घटना हुदाँ ९जनाको मृत्यु भएको छ भने ८१जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा सवारीका साधान दुर्घटनमा मृत्यु हुनेमा पुरुष ३ जना,महिला ५ जना र एक जना बालक जना रहनु भएको छ । दुर्घटनामा परि ६९ जना सामान्य र १२ जना गम्भीर घाइते हुनुभएको छ । जिल्लामा गत आर्थिक बर्ष २०८०÷०८१ को साउन देखी असार मसान्तसम्म ३५ वटा सवारी साधन दुर्घटना हुदाँ ११ जनाको मृत्यु भएको छ भने ९९ जना घाईते हुनुभएको छ ।