Sunday, February 1, 2026

दोलखाको लापिलाङम हाजिरी जवाफ प्रतियोगीता सम्पन्न


अगेनो न्यूज ः पुस १८- दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्वर ६ मा लापिलाङमा रहेको बलम्बु आधारभुत्त विद्यालयमा हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी लापिलाङ उपशाखाको आयोजनामा भएको प्रतियोगीतामा लापिलाङ माध्यामिक विद्यालय प्रथम,बलम्बु आधारभुत विद्यालय द्धितिय र जनज्योती माध्यामिक विद्यालय तृतिय भएका छन् । प्रतियोगीतामा विजेता र सहभागी विद्यालयहरुलाई प्रमाण पत्र सहित पुरस्कार प्रदान गरिएको छ । प्रतियोगीतामा वडामा रहेका जनज्योति माध्यामिक विद्यालय,बलम्बु,गुजर्पा र भगवती आधारभुत विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी लापिलाङ उपशाखाका सभापति चित्र बहादुर खडकाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सदस्य केशवप्रसाद सेदाई,लापिलाङ माध्यामिक विद्यालयका शिक्षक डवल थापा,गुजर्पा आधारभुत विद्यालयका शिक्षक सुन्दर पाण्डे,शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाका सचिव चन्द्रकला थामी र बलम्बु आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनुराग थामी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like