Wednesday, March 18, 2026

दोलखाको कालिञ्चोकमा जेठाजुको खुकुरी प्रहारबाट बुहारीको मृत्यु


अगेनो न्यूज,फागुन ३- दोलखाको कालिञ्चोक गाउँपालिकामा जेठाजुको खुकुरी प्रहारबाट बुहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नम्वर ५ बन्देथलीका ५१ वर्षीया देउमाया थामीको जेठाजु ६८ वर्षीय चन्द्र बहादुर थामीले हत्या गर्नुभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । सामान्य विवाद हुँदा आक्रोशित बनेका चन्द्र बहादुरले घरेलु हतियार खुकुरी र ढुङ्गाले देउमायाको टाउकोमा प्रहार गर्नुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका दोलखाका प्रहरी निरिक्षक श्रीराम तिम्लसीनाले जानकारी दिनुभयो ।उहाँका अनुसार गम्भीर चोट लागेको देउमायाको घटनास्थलमै मृत्यु भएको हो । घटनाल पछि  चन्द्र बहादुर फरार हुनुभएको थियो ।हत्यापछि फरार भएका चन्द्रबहादुर थामीलाई जिल्ला प्रहरी कार्यालय दोलखाका कार्यालय प्रमुख कुमार लामा र इलाका प्रहरी कार्यालय सिंगटीको संयुक्त टोलीले खोजतलासका क्रममा नियन्त्रणमा लिएको हो । गाउँपालिका वडा नम्वर ६,लेप्टुङस्थित अँधेरीखोलाको खोल्चामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको थियो । प्रहरीले उहाँको साथबाट हत्यामा प्रयोग गरिएको खुकुरी समेत बरामद गरेको छ । पक्राउ परेका थामीमाथि थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like