- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः फागुन १-राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गर्न प्रयोग गरेका १७ वटा सूचकलाई दोलखाका कुनै पनि पालिकाले शतप्रतिशत पूरा गर्न नसकेको प्रतिवेदनले देखाएको छ । आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा सबै भन्दा वढि जिरी नगरपालिकाले ७२ दशमलव ०९ अंक प्राप्त गरेको छ भने सबै भन्दा कम जिल्लाको विगु गाउँपालिकाले ४१ दशमलव ०८अंक प्राप्त गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्लाको भीमेश्वर नगरपालिकाले ५८दशमलव ९४अंक प्राप्त गरेको छ भने मेलुङ गाउँपालिकाले ६६दशमलव १०अंक,शैलुङले ५९ दशमलव ५० अंक पाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी गौरीशंकर गाउँपालिकाले ५५ दशमलव ३०अंक, वैतेश्वर र कालिन्चोक गाउँपालिकाले ५३ दशमलव ३० अंक प्राप्त गरेका छन् भने तामाकोशी गाउँपालिकाले ४७ दशमलव ५३ अंक प्राप्त गरेको देखिएको छ ।