- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःमंसिर १७- ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज दोलखामा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ ।अपाङ्गता समावेशी समाजको प्रवद्र्धन सामाजिक उन्नतिको संवद्र्धन’भन्ने नाराका साथ दोलखामा पनि दिवस मनाइएको हो । अपाङग तथा दृष्टिविहिन समुदाय सेवा संघ दोलखाको आयोजना,भीमेश्वर नगरपालिकाको समन्वयमा चरिकोटमा एक कार्यक्रमको गरि दिवस मनाईएको हो ।अपाङग तथा दृष्टिविहिन समुदाय सेवा संघ दोलखाका अध्यक्ष रामकृष्ण तामाङको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, नगरपालिकाको सामाजिक विकास शाखाका मंङगला मानन्धर,अपाङग तथा दृष्टिविहिन समुदाय सेवा संघ दोलखा मखन पाण्डेल गायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । दिवसको अवसरमा चरिकोटमा चेतनामुलक ¥याली समेत निकालिएको थियो ।हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरुको पूर्ण र समान सहभागिता सुनिश्चित गर्नुका साथै समाजको हरेक क्षेत्रमा र विकासमा उनीहरुको समावेशिताका लागि दिवस मनाउने गरिएको छ । जिल्लामा अपाङगता भएका व्यक्तीहरुको ५ हजार ६ सय जनसङख्या रहेको छ ।त्यसैगरी दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । अपाङग तथा दृष्टिविहिन समुदाय सेवा संघ दोलखाको आयोजना नेपाल रेडक्रस सोशाईटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १२ जनाले रगतदान गर्नु भएको रक्तसञ्चार समिति दोलखाका संयोजक गोकर्णप्रसाद पोखरेलले जानकारी दिनुभयोे ।उहाँँका अनुसार कार्यक्रममा ३ जना महिला सहित १२ जनाले रगतदान गर्नुभएको हो । जिल्लामा रगत अभाव हुन नदिन हरेक महिना कार्यतालिका अनुसार नै रक्तदान कार्यक्रम हुनेगरेको छ ।