- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःकात्तिक ३०- दोलखा सदरमुकाम चरिकोटमा अपाङगत सामावेशी परियोजना अन्तरगत पैरवी समुहको बैठक सम्पन्न भएको छ । भीमेश्वर नगरपालिकाको सामाजिक विकास शाखाका प्रमुख मंगला मानन्धरको अध्यक्षतामा भएको बैठकले वडाले गर्ने योजना तर्जुमा, अपाङगता भएका महिलाहरुलाई अर्थपुर्ण सहभागीता गराउने, तालिम लिनु भएका अपाङगता भएका महिलाहरुलाई आवश्कताको आधारमा व्यवस्थापकीय तालिम गर्न पहल गर्ने लगायतका निर्णय गरेको छ । जिल्लाको भीमेश्वर नगरपालिकाको समन्वय, राष्ट्रिय अपाङग महासंघ,द एसिया फाउण्डेशन र अपाङगता दृष्टिबिहीन सेवा संघ दोलखाको साझेदारीमा नगरपालिकामा सञ्चालन भएको अपाङगता सामावेशी परियोजना अन्तरगतको पैरवी समुहको बैठकमा पैरवी समुहमा आवद्ध हुनुभएको अपाङगता भएका महिलाहरुको सहभागीता रहेको थियो ।