- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःमंसिर १ - दोलखाको जिरी नगरपालिकाले वडामा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्धेश्यले मंसिर ३ गतेदेखी १२ गते सम्म एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागेको जिरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मान बहादुर जिरेलले जानकारी दिनुभयो । उहाँँका अनुसार नगरपालिकाले शिविरमा वडाबाट नै योजना सम्झौता,अपाङ्गता परिचयपत्र वितरण तथा नवीकरण,जेष्ठ नागरिक परिचयपत्र वितरण,सुत्केरी आमालाई पोषण सामग्री वितरण,स्वास्थ्य बिमा,पशु स्वास्थ्य सेवा, सामान्य स्वास्थ्य परीक्षण लगायतका गतिविधी गरिने छ ।