Thursday, November 6, 2025

अर्वत खड्का स्मृति भलिबल प्रतियोगिताको उपाधी शुभारम्भ यूवा क्लबलाई


अगेनो न्यूज : कार्तिक ४,तिहारको अवसरमा आयोजित  वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक शुभारम्भ युवा क्लबले जितेको छ । तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफे स्थित कालापानी मावि जफेको खेलमैदानमा असोज ३१ देखि ४ दिनसम्म खेल सञ्चालन  भएको थियो । 

दोलखा जिल्लाभरबाट १९ ओटा वडाको प्रतिनिधित्व गर्दै टिम सहभागी भएका थिए । सहभागी वडाहरु कालिन्चोक गाउपालिकाबाट वडा नम्बर ८ सुनखानि शैलुङ गाउपालिकाबाट वडा नम्बर ७, बिगु गाउपालिकाबाट वडा नम्बर ७  जिरि नगरपालिका बाट वडा नम्बर १, ३ र ७  बैतेश्वर गाउपालिका बाट वडा नम्बर १-२-३-५ र ७,  तामाकोशी गाउपालिका बाट वडा नम्बर  १ -२-५ ,७ र जफे आयोजक (A ) ,आयोजक (B),मेलुङ गाउपालिका बाट वडा नम्बर  ३-५ रहेका छन । 

फाईनल खेलमा कालिञ्चोक-८ सुनखानीलाई पराजित गर्दै शुभारम्भ युवा क्लब ( A ) जफेले उपाधि हात पारेको छ । त्यसैगरी जिरी-३ लाई पराजित गर्दै जिरी-१ ले तेस्रो स्थान प्राप्त गरेको अध्यक्ष दिनेश काफ्ले जानकारी  दिनुभयो ।

 उत्कृष्ट खेलाडीहरु क्रमश : सर्वोकृष्ट खेलाडी माधब पोखरेल (आयोजक ) बेस्ट सर्भर - सुयोग पोखरेल (आयोजक) बेस्ट सेटर -सगुन रम्तेल(आयोजक ) उदय मान खेलाडी दिपेश सिरवाल (आयोजक ) बेस्ट डिफेन्डर जिरि १,कालिन्चोक ८ सुनखानी, बेस्ट ईस्पाईक भगवान कार्की र कालिन्चोक ८ कै बेस्ट ब्लकर चन्द्र किष्ण खड्का रहेका छन । प्रतियोगितामा विजेताले १ लाख, दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुने टिमलाई २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ । स्थानीय यूवानेता अर्वत खड्काको स्मृतिमा खेल सन्चालन गरिएको थियो ।

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like