- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः कात्तिक ३ -विगत केहि समय देखि दोलखा जिल्लाको तामाकोशी, बैत्येश्वर र गौरीशंकर गाउँपालिका एवं जिरी नगरपालिकाको वनक्षेत्रहरुमा जंगली भालु र चितुवाले घरपालुवा जनावर र मानिसहरुलाई आक्रमण गरी घाईते वनाई मृत्यु समेत हुने गरेको घटनाक्रम वढ्दो रुपमा रहेको हुँदा सचेत र सजग रहन सवैमा अनुरोध छ । ति वन्यजन्तुहरुको आक्रमणवाट वच्न निम्न उपायहरु अपनाउनु हुन समेत अनुरोध गरिन्छ ।दोलखाको चारवटा पालिकामा भालु र चितुवाको आतंक बढेको छ । तामाकोशी, बैतेश्वर,गौरीशंकर गाउँपालिका र जिरी नगरपालिकामा भालु र चितुवाको आतंक बढेको हो । केही साता यता भालु र चितुवाको श्रृंखलाबद्ध आक्रमणबाट एक जनाको मृत्यु हुनुका साथै चार जना घाईते भैसकेका डिभिजन वन कार्यालय दोलखाले जनाएको छ । भालुको आक्रमबाट वैतेश्वर गाउँपालिका–३ मा भालुको आक्रमणबाट एक पुरुषले ज्यान गुमाएका छन् भने जिरी नगरपालिकामा चार जना घाईते हुनुभएको छ । जिल्लाको बैतेश्वर, तामाकोशी, गौरीशंकर गाउँपालिका र जिरी नगरपालिकामा भालु र चितुवाको आतंक बढेको भन्दै स्थानीय प्रशासनले सतर्क रहन स्थानीयलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले आज जारी गरेको सूचनामा भालु, चितुवा जस्ता जंगली जनावरहरुले घरपालुवा जनावर र मानिसहरुमाथि आक्रमण गर्ने क्रम बढेको भन्दै सजग रहन आग्रह गरिएको छ भने डिभिजन वन कार्यालय दोलखनले पनि जंगली जनावरबाट बच्न ७ बुँदे उपाय सहित सजग रहन आग्रह गरेको छ ।