- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज २०- दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर १ मा स्कुटर दुर्घटना हुदाँ दुई जना घाईते हुनुभएको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्वर १ सिमखर्क स्थितमा चरिकोटबाट देउराली तर्फ जादै गरेको बा १६ च ५६८८ नम्वरको बोलेरो र विपरित दिशाबाट आउदै गरेको बा ८४ प १७५२ नम्वरको स्कुटर एकापसमा ठोकिएर दुर्घटना हुदाँ श्रीमान श्रीमती घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटनामा परि काभ्रेपलान्चोक धुलिखेल नगरपालिका वडा नम्वर ३ का २५ वर्षिय निरज आचार्य र श्रीमती २२ वर्षिय साबित्री आचार्य घाईते हुनुभएको हो । घाइते निरजको सामान्य उपचार पश्चात थप उपचारको लागि धुलिखेल अस्पताल काभ्रे रिफर गरिएको छ भने साबित्री सामान्य उपचार पश्चात डिस्चार्ज हुनुभएको छ ।