- by agenonews
- Sep 10, 2025
अगेनो न्यूज ःकात्तिक १८- दोलखामा मौसम खुलेसँगै रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमालको हिम पहिरोमा परी बेपत्ता हुनु भएको र घाईते हुनुभएकोहरुको खोज र उद्धार गर्न सहर्ज हुने स्थानीय प्रशासनले जनाएको छ । दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणको लागि गएको १५ जनाको टोलि मध्य ३ जना विदेशीको मृत्यु भएको र ८ जना बेपत्ता भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार तीन जनाको शव देखीएको र ४ जना घाईते भएको जानकारी प्राप्तभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक ज्ञानकुमार महतोले वताउनुभयो ।मृतक तीन जना मध्य फ्रान्सका आरोहि क्यारोल फुचसको मात्र नाम खुलेको स्थानीय प्रशासनले जनाएको छ । अन्य दुई जनाको नाम नखुलेको बताईन्छ । बेपत्ता मध्य नेपाली गाईड पदम तमाङ, इटलिका पाउलो कोको र क्यानेडियन नागरिक मार्कोस डि मार्सेलोसको मात्र पहिचान खुलेको छ । चार जना घाईते मध्य नेपाली गाईड निमाग्याल्जेन शेर्पाको मात्र पहिचान खुलेको स्थानीय प्रशासनले जनाएको छ । उनीहरु गत कार्तिक ११ गते आरोहणको लागि दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर ९ मा पर्ने रोल्वालिङ क्षेत्रमा रहेको ५ हजार ६ सय ३० मिटरको यलुङ रि हिमाल तर्फ गएका थिए । हिजो विहान ४ बजे बेसक्याम्पबाट आरोहणको लागि प्रस्थान गरेको उक्त टोलि विहान ८ बजेतिर यलुङ रि हिमालको चुचुरोमा पुग्ने क्रममा हिमपहिरोमा परेका थिए । बेपत्ताको खोजि र घाईतेको उद्दारको लागि सोमवार दिउँसो लामाबगरबाट नेपाली सेनाको ३५ जना,सशस्त्र प्रहरी बलको १० जना र नेपाल प्रहरीको ५ जनाको टोलि यलुङ रि हिमाल क्षेत्रमा गएको नेपाली सेनाको गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताउनुभयो । वेपत्ता हुनु भएकाहरुलाई जिवितै उद्धार गर्ने संम्भावना कम रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएकोछ । मौसम खुलेका कारण आज बिहानैबाट खोज उद्धारको काम हुने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।