- by agenonews
- Oct 04, 2025
अगेनो सम्वादाता ः भदौ २५ दोलखाको कालिञ्चोकमा रहेको केवलकार पूर्ण रुपमा बन्द भएको छ। गएराती स्थानीय केहि समुहले तोडफोड गर्दा कुरीमा रहेको केवलकारमा पुर्णरुपमा क्षति पुगेको कालिञ्चोक दर्शन केवलकार प्रालिका कार्यकारी निर्देशक अशोक शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार गएराती करिब ८ : ९ बजेको समयमा जेनजी आन्दोलनको नाममा स्थानीयले फाईदाॅ उठाउँदै केवलकार तोडफोड गरेका हुन्। केवलकारमा भएको तोडफोडबाट करौडौ रुपैयाँको क्षति भएको हुन् सक्ने अनुमान गरिएको छ। क्षतिको बारेमा जानकारी लिन सक्ने अवस्था नरहेको शिवाकोटीले बताउनुभयो । क्षतिग्रस्त केवलकारको नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ। केवलकार पूर्णरुपमा सञ्चालनमा आउन लामो समय लाग्ने शिवाकोटीकोटी भनाई रहेको छ। केवकारमा रहेको २० देखी २५ लाख रुपैयाॅ नगद पनि चोरी भएको अनुमान गरिएको छ। क्षतिका वितरण आउन बॉकी रहेको छ।