Thursday, November 6, 2025

दोलखामा हिमपहिरोमा परी ११ जना वेपत्ता,४ जना घाईते


अगेनो न्यूज ः कार्तिक १७- दोलखाको गौरीशंकर गाउँपालिकामा हिमपहिरोमा परी ११ जना वेपत्ता हुनुभएको छ । जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्वर ९येलुङ रिगो हिमाल आरोहणको लागि कात्तिक ११ गते गाईड तथा विदेशी नागरिक समेत गरि १५ जनाको टोली गएकोमा आज बिहान रोल्वालिङ क्षेत्रको ‘यलुङ’ वेस क्याम्प आसपास क्षेत्रमा हिमपहिरो जादाँ  पहिरोमा परी ११ जना वेपत्ता हुनुभएको स्थानीयको भनाई रहेको छ । स्थानीयका अनुसार ४ जना घाईते हुनुभएको हो।  आरोहणमा हिँडेका विदेशी सहित स्वदेशी नागरिक आज बिहान ९ बजेतिर यलुमा जानु भएकोमा हिमपहिरोमा परी वेपत्ता हुनुभएको प्रहरीले जनाएको छ । हिमपहिरोमा वेपत्ता हुनुभएकाहरुको खोजी कार्यभईरहेको प्रहरीले जनाएको छ । सम्पर्कविहीनहरुको खोजी र उद्धारका लागि अहिले हेलिकोप्टर त्यसतर्फ गएको प्रहरीले जनाएको छ ।





Super Admin

agenonews

Please Login to comment in the post!

you may also like