- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ःकात्तिक १८- सुशासनको माग गर्दै भएको जेन–जी आन्दोलनमा मारिएका दोलखाका दुई जना ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका २ जना सहित ४५ जनालाई सहिद घोषणाको निर्णय गरेको हो । सहिद सूचीमा दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ४ का अभिषेक चौलागाई र विगु गाउँपालिका वडा नम्वर ३ का महेश बुढाथोकीलाई सहित ४५ नाम रहेको पाईएको छ । जेनजी आन्दोलनका क्रममा दोलखाका तीन जनाको मृत्यु भएपनि दुई जनालाई मात्रै सहिद घोषणा गरिएको पाईएको हो ।आन्दोलनमै ज्यान गुमाएकालाई मात्र सहिद घोषणा गरिएको गृह मन्त्रालयका एक अधिकारीले बताए । गृहका सहसचिव नेतृत्वको टोलीले ७६ मध्ये ४५ जनाको सूची तयार गरेको हो । बाँकीको विषयमा थप अध्ययन हुने सोमबारको मन्त्रिपरिषद् बैठकपछि सञ्चारमन्त्री जगदीश खरेलले बताउनुभयो ।