- by agenonews
- Sep 10, 2025
अगेनो सम्वादाता ः असोज १८-दोलखाको सदरमुकाम चरिकोटमा रहेको रमाईलो घर रिसोर्टले अलपत्र परेका यात्रुहरूलाई नि:शुल्क बासको व्यवस्था गर्ने भएको छ। जिल्लाको सदरमुकाम चरिकोट नजिकै रहेको रमाईलो घर रिसोर्टले वर्षाका कारण हुने सम्भावित विपद्जन्य जाेखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दोेलखाले जिल्लामा सवारीसाधन चल्न रोक लगाएपछि गन्तव्यमा हिडेर अलपत्र परेका ३५ देखि ४० जना यात्रुहरूलाई नि:शल्क आवासको व्यवस्था गर्न लागेको होटल सञ्चालक हरि ओलीले बताउनुभयो। विपद समयमा समस्या परेकालाई सहयोग गर्ने उद्देश्यले आफुले होटलमा नि:शुल्क बस्नका लागि व्यवस्था गरेको भनाइ रहेको छ।जिल्ला प्रशासन कार्यालय दोेलखाले पनि अलपत्र परेका यात्रुहरूलाई सर्वसुलभ सेवा प्रदान गर्न होटल व्यवसायीहरूलाई अनुरोध गरेको छ।