- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,चैत १४- नेकपा एमाले दोलखाले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीलाई प्रतिशोधपूर्ण र गैरकानुनी ठहर गदै आज सदरमुकाम चरिकोटमा विरोध गरेको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाईको माग गदै नेकपा एमाले दोलखाले आज जिल्ला सदरमुकाम चरिकोटमा प्रर्दशन गरेको हो । विरोध कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभगीता रहेको थियो । त्यस्तै नेकपा एमालेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकको निर्णय अनुसार भोली बिहान १०ः३० बजे जिल्ला कमीटीको तर्फबाट जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई विरोधपत्र बुझाइने नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले जानकारी दिनुभयो । विरोध पत्र बुझाउने कार्यक्रममा जिल्ला कमीटीका सबै जना,जनसंगठन, तथा निर्वाचित जनप्रतिनिधि लगायतलाई अनिवार्य सहभागिताको लागि पार्टीले अनुरोध गरेको छ ।