- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,चैत १६-इलाका प्रशासन कार्यालय सिंगटी दोलखाले आजबाट राष्ट्रिय परिचयपत्रको सेवा सञ्चालन गरेको छ । जिल्लाको विगु गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय सिंगटीले राष्ट्रिय परिचयपत्रको सेवा सुरु गरेको इलाका प्रशासन कार्यालय सिंगटीका प्रमुख भरतकुमार दाशले जानकारी दिनुभयो । उहाँका अनुसार यस अघि नागरिकता मात्रै प्रदान गदै आएको कार्यालयले राष्ट्रिय परिचयपत्रको दर्ता विवरण गर्न सुरु गरेको हो । २०७३सालमा जिल्लाका साविकको झयाँकु,सुरी,चंखु, मार्वु, खारे,गौरीशंकर, लामावगर,ओराङ,लादुक, बुलुङ,चिंलखा,आलम्पु, खोपाचाँगु, कालिञ्चोक,बाबरे,लामिडाँडा र लापीलाङ्ग गाविसका स्थानीय बासीहरुले नयाँ नगारिकता सहितको अन्य सेवा लिन सदरमुकाम चरिकोट आउन नपर्ने गरी लादुकको सिँगटी बजारमा ईलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो ।हालको विगु,गौरीशंकर र कालिञ्चोक गाउँपालिकाको वडा नम्वर १ देखी ६ सम्मका नागरिक इलाका प्रशासन कार्यालय सिंगटीमा नागरिकता लिएपनि राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालय चरिकोटमा आउन बाध्य रहनुभएको थियो ।