- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज : साउन १६ बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तय भएसँगै एमाले बाग्मती प्रदेशको सम्सदिय दलको नेता को बन्ने ? को बनाउने ? भन्नेमा दाउपेच सुरु भएको थियो । पार्टी अध्यक्ष केपी ओलि दलको नेता फेर्न राजी देखिएपनी महासचिब शंकर पोखरेलले फेर्न नहुने अडान लिएपछी नाम टुङ्गो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको छलफलमा संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बनाउने सहमति भएको हो । मुख्यमन्त्री पदका लागि थपलियासहित निवर्तमान स्वास्थ्य मन्त्री किरण थापाको नाम चर्चामा थियो । नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढेपनि सरकार बनाउन काङ्ग्रेस बाहेक कुनै एक पार्टीको साथ आवस्यक पर्छ ।
बागमती प्रदेश सभामा हाल कार्यरत सदस्य संख्या: १०४ रहेको जसमा कांग्रेस - ३६, नेकपा (माओवादी केन्द्र)-२६, नेकपा (एमाले)-२५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)-१२, नेपाल मजदुर किसान पार्टी -३, हाम्रो नेपाली पार्टी - २ गरि जम्मा=१०४ सदस्य बहाल रहेका छन । बागमती प्रदेश सभामा कुल ११० सिट भए पनि हाल ६ सिट रिक्त रहेकाले कार्यरत सदस्य संख्या १०४ छ।
स्थानीय निर्वाचन नजिकिदै आएको यो बेलामा नेपाली काङ्ग्रेस सङको सहकार्य टुटेपछी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग भएको भागबण्डाअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमालेले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपाले सरकारको नेतृत्व गर्ने सहमति बनेको छ । जस अनुसार कर्णालीमा नेकपाका मङ्गलबहादुर शाही मुख्यमन्त्री बनिसकेका छन् ।