Saturday, August 1, 2026

विपदबाट दोलखामा ५ हजार ७ सय ८२ घरधुरीका २० हजार भन्दा बढि नागरिक प्रभावित हुने


अगेनो न्यूज,साउन ८- यस वर्षको वर्षायामा हुने विपदबाट दोलखामा ५ हजार ७ सय ८२ घरधुरीका २० हजार १ सय ६९ जना नागरिक प्रभावित हुने अनुमान गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति दोलखाका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरको अध्यक्षतामा बसेको वैठकले जिल्लाका ९ वटा पालिकामा बाढी पहिरो लगायतका विपदबाट  ५ हजार ७ सय ८२  घरधुरीका २० हजार १ सय ६९ जना नागरिक प्रभावित हुने अनुमान गरेको हो । जिल्लामा सबै भन्दा वढि गौरीशंकर गाउँपालिकामा ३ हजार घरधुरीका १० हजार नागरिक प्रभावित हुने अनुमान गरिएको छ भने सबै भन्दा कम वैतेश्वर गाउँपालिकामा १ सय ८० घरधुरीका ८ सय जना नागरिक प्रभावित हुने अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाका नायव सुब्बा हरिराम न्यौपानले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको भीमेश्वर नगरपालिकामा २ सय ५० घरधुरीका १ हजार नागरिक, जिरी नगरपालिकाका २ सय घरधुरीका ८ सय नागरिक,कालिञ्चोक गाउँपालिकाका २ सय घरधुरीका ९ सय नागरिक,विगुका ६ सय ५९ घरधुरीका २ हजार ६ सय ३४ जना,मेलुङका ५ सय घरधुरीका २ हजार जना,तामाकोशीका १ सय ९३ घरधुरीका ८ सय २५ जना र शैलुङ गाउँपालिकाका ६ सय घरधुरीका १ हजार २ सय १० जना नागरिक प्रभावित हुने अनुमान गरिएको हो । यो अनुमान जिल्लाका ७४ वटा नै वडा स्तरीय विपद व्यवस्थापन समिति,९वटा नै पालिकाकाको विपद व्यवस्थापन समितिबाट प्राप्त भएको तथ्याङकको आधारमा अनुमान गरिएको जिल्ला विपद व्यवस्थापन समिति दोलखाले जनाएको छ ।

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like