Wednesday, March 18, 2026

नेकपाका दोलखाका उम्मेदवार खड्काको निर्वाचन खर्च २४ लाख वढि


अगेनो न्यूज,चैत १ - नेपाली कम्युनिस्ट पार्टी दोलखाका उम्मेदवार विशाल खड्काले निर्वाचन खर्चको विवरण सार्वजनिक गर्नुभएको छ । खड्काले गत फागुन २१ गते भएको प्रतिनीधी सभा सदस्यमा लागेको खर्चको वितरण जिल्ला निर्वाचन कार्यालय दोलखामा बुझाउनु भएको निर्वाचन कार्यालय दोलखाले जनाएको छ । खड्काले चुनावी अभियानमा विभिन्न शीर्षकमा २४ लाख २० हजार १ सय ४५ रुपैयाँ खर्च भएको  विवरणमा उल्लेख गरिएको छ । खड्काले मनोनयन दर्ता शुल्कका १० हजार रुपैयाँ,प्रचार–प्रसार सामग्री छपाइमा ५लाख ४० हजार रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ । त्यसैगरी नमुना मतपत्र,पर्चा र स्टिकर छपाइमा ४ लाख ५० हजार रुपैयाँ, मतदाता प्रशिक्षणमा २ लाख रुपैयाँ खर्च भएको छ भने सवारी साधन भाडाका लागि ४ लाख रुपैयाँ र इन्धन खर्चमा २ लाख १ सय रुपैयाँ खर्च भएको उल्लेख छ। उम्मेदवार खड्काले वडा स्तरीय प्रचार तथा घरदैलो कार्यक्रमका लागि २ लाख ७८ हजार ७ सय ४५रुपैयाँ खर्च भएको विवरण  जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नुभएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like