- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज,चैत २- १२ वर्षदेखि फरार रहनुभएको दोलखाको पवटीका बहुविवाह मुद्दाका दुई जना प्रतिवादी पक्राउ पर्नुभएको छ । जिल्ला अदालत दोलखाको फैसला कार्यान्वयन अन्तर्गत दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर १ पवटीका ५८ वर्षीय डिल्ली बहादुर बुढाथोकी र उहाँका कान्छी श्रीमती ५१ वर्षीय शान्ता कार्कीलाई १२ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उहाँहरूलाई बहुविवाहसम्बन्धी मुद्दामा जिल्ला अदालत दोलखाबाट जनही १ वर्ष कैद र ५ हजार जरिवाना सजाय तोकिएको थियो। तर,दुवैजना विगत एक दशक भन्दा बढी समयदेखि फरार रहेका रहनुभएको थियो । प्रहरीले आज उहाँहरु दुवैलाई पक्राउ गरी जिल्ला अदालत दोलखामा बुझाएको जिल्ला प्रहरी कार्यालय चरिकोटले जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले फरार अभियुक्त खोजी अभियान जारी राखिएको छ।