Thursday, December 18, 2025

नेपाली कांग्रेस दोलखाद्धारा प्रतिनिधि र राष्ट्रिय सभाका लागि १४ जनाको नाम शिफारीस ( नामावाली सहित )


अगेनो न्यूज ः पुस ३- आगामी फागुनमा हुने प्रतिनिधि सभा र माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले १४ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । पार्टीले प्रतिनिधि सभाको प्रत्यक्षतफ एक जना महिला सहित ५ जना, समानुपातिकतर्फ ७ जना र राष्ट्रिय सभा सदस्यका लागि २ जनाको नाम शिफारीस गरेको आज दोलखाको सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको हो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दोलखाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस दोलखाका पूर्व सभापति ताराबहादुर कोइराला,केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले,केन्द्रीय सदस्य अजय बाबु शिवाकोटी,नेपाली कांग्रेस बागमती प्रदेश समितिका सदस्य प्रभुराम श्रेष्ठको नाम सिफारिस गरेको नेपाली काङग्रेस दोलखाका सभापति बर्मा लामाले जानकारी दिनुभयो । त्यसैगरी प्रतिनिधि सभाको प्रत्यक्ष महिलातर्फ विनिता अधिकारी काफ्लेको नाम शिफारीस गरेको छ । पार्टीले समानुपातिकतर्फ पूर्व पार्टी सभापति उद्धवराज काफ्ले, वर्तमान सभापति बर्मा लामा,रोचना उप्रेती,पासदीकी तमाङ, छिरिङडोल्मा शेर्पा,प्रतिभा उप्रेती र सुमीका तमाङको नाम सिफारिस गरेको छ ।माघमा हुने राष्ट्रिय सभा सदस्यका लागि जिल्ला सभापति बर्मा लामा र पूर्व जिल्ला सभापति रुद्रबहादुर खड्काको नाम सिफारिस गरेको नेपाली कांग्रेस दोलखाले जनाएको छ। 

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like