- by agenonews
- Jun 19, 2025
अगेनो न्यूज ः पुस ३- चरिकोट–मन्थली सडक खण्डअन्तर्गत दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ सिम्ले जफेमा सवारी दुर्घटना हुँदा दुई जना घाइते हुनुभएको छ । हिजो दिउँसो मालुखोलाबाट भिरकोटतर्फ आउदै गरेको बा.४ ख ७५४२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०६२ प ४६५९नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुदाँ मोटरसाइकल चालक रामेछाप हिमगंगा गाउँपालिका वडा नम्वर ४का २५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ र पछाडि सवार रामेछाप मन्थली नगरपालिका वडा नम्वर ८ का ३५ वर्षीय बलबहादुर माझी घाइते घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घाईतेको दोलखाको सदरमुकाम चरिकोटमा रहेको च्छो–रोल्पा अस्पतालमा उपचार भईरहेको छ ।