Friday, April 17, 2026

नयाँ वर्षमा दोलखाका धार्मिक एवंम पर्यटककीय क्षेत्रहरु भरिभराउ


अगेनो न्यूज,बैशाख १ - नयाँ वर्ष २०८३ हिजोजबाट सुरु भएको छ ।नयाँ वर्षको पहिलो दिन आज दोलखाको धार्मिक एवंम पर्यटककीय क्षेत्रहरु भरिएका छन् ।जिल्लाको धार्मिक क्षेत्र कालिञ्चोक, शैलुङ, भीमेश्वर मन्दिर,च्छोरोल्पाताल लगाएतका प्रसिद्ध धार्मिक तथा पर्यटकीय  स्थलहरुमा आन्र्तरिक तथा बाह्य पर्यटहरुले भरिभराउ भएको छ । नयाँ वर्षमा राजधानी काठमाडाँै उपत्यका साथै छिमेकी जिल्लाबाट विभिन्न सङ्घसंस्था तथा व्यक्तिगत रुपमा नयाँ वर्ष मनाउन पर्यटकहरु दोलखा आईपुगेका हुन् । परिवार तथा साथिभाइबिच शुभकामना आदान प्रदान, पुजा पाठका लागि दोलखा आउँदा जिल्लाका पर्यटकीय स्थलहरु भरिभराउ भएका छन् । भीमेश्वर मन्दिर तथा भीमेश्वर नगरपालिकाको पर्यटकीय स्थल चम्पुजा पार्क, मञ्जु श्री पार्क, खरिढुङ्गा, माहङ्काल मन्दिर लगायतका ठाउँहरुमा जाने व्यक्तिहरु सदरमुकाम चरिकोटमा हुँदै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ । त्यस्तै जिल्लाको जिरी, शैलुङ लगाएतका क्षेत्रहरुमा पनि आन्तरिक तथा बाह्य पर्यटकहरुको घुँईचोनै लागेको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवद्र्धनमा निस्किएका छन् भने सरकारी कर्मचारीको पनि वार्षिक बिदा सक्नुपर्ने भएकाले बिदामा पर्यटकीय गन्तव्यका रुपमा परिचित दोलखामा आइपुगेका छन् । जसका कारण दोलखाको  शैलुन देखि कालिञ्चोक धार्मिक स्थलमा अहिले धार्मिक पर्यटकको चहलपहल बढेको छ । यसले पर्यटन प्रवद्र्धनसँगै दोलखाको अर्थतन्त्र समेत चलायमान हुन सहयोग पुगेको छ । दोलखा भित्रका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ । हिजो देखिनै दोलखाका अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको थियो ।  


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like