Friday, April 17, 2026

दोलखाको सिंगटी बजार नजिकै ‘जेसिभी दुर्घटना हुँदा चालकको मृत्यु


अगेनो न्यूज,चैत २९- दोलखाको उत्तरी क्षेत्र सिंगटी बजार नजिकै ‘जेसिभी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराती सिंगटीको कालिनाग मावि  नजिकै भएको दुर्घटनामा रामेछापको मन्थली नगरपालिका वडा नम्वर १२ गेलुका ३० बर्षिय चालक सुदम पौडेल खत्रीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बागमती प्रदेश ०१–००४ क ५४४० नम्बरको बिन्दबासिनी निर्माण सेवाको जेसिबी राति सिंगटी बजारवाट बञ्चरेतर्फ जाने क्रममा सडकवाट तल खसेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like