Thursday, November 6, 2025

अलपत्र यात्रुहरूलाई सहयोग गर्न प्रशासन दोलखाको होटल व्यवसायीलाई अनुरोध


अगेनो सम्वादाता ः असोज १८-जिल्ला प्रशासन कार्यालय दोेलखाले अलपत्र परेका यात्रुहरूलाई  सर्वसुलभ रुपमा सेवा प्रदान गर्न जिल्लाका होटल व्यवसायीहरूलाई अनुरोध गरेको छ। वर्षाका कारण हुने सम्भावित विपद्जन्य जाेखिमलाई मध्यनजर गर्दै दाेलखा जिल्लामा अर्काे आदेश नभएसम्मकाे लागि अत्यावश्यक बाहेक अन्य सवारी साधन आवागमनमा बन्द गरिएकाले यात्रामा रहेका र   अलपत्र परेका यात्रुहरूलाई उचित व्यवहार सहित सर्वसुलभ रुपमा सेवा प्रदान गर्न जिल्ला भरीका होटल व्यवसायीहरूलाई जिल्ला प्रशासन कार्यालय दोलखाले अनुरोध गरेको हो। त्यसैगरी  जिल्लामा  निरन्तर भारीवर्षा भईरहेको हुँदा सम्भावित विपद्जन्य जाेखिमलाई मध्यनजर गर्दै दाेलखा जिल्लाभर यात्राको क्रममा दोलखा पाल्नु भएका पर्यटक तथा आगन्तुुकहरु र अलपत्र परेका यात्रुहरूलाई  जिल्ला भरी रहेका   होटल रेस्टुरेन्ट भोजनालय तथा खाजाघरहरुलाई आफ्नो सेवामा दर रेटमा न्युनतम शुल्कमा सेवा दिन  जिल्ला होटल तथा पर्यटन ब्याबसायी संघ दोलखाले  पनि होटल अनुरोध गरेको छ।

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like