Wednesday, December 17, 2025

सामुदायिक वन जनताको आयआर्जनमा जोडिनुपर्छ ः मन्त्री केसी


अगेनो न्यूज ःमंसिर १५- बागमती प्रदेश सरकारका वन तथा वातावरणमन्त्री भरत बहादुर के.सीले सामुदायिक वन समुदायको आयआर्जनसँग जोडिनुपर्ने बताउनुभयो । दोलखाको सदरमुकाम चरिकोटमा भएको सामुदायिक वनको जिल्ला स्तरीय नेटवार्किङ्र सम्वनधी दुई दिने गोष्ठी कार्यक्रममा बोल्नुहुदैँ मन्त्री केसीले बागमती प्रदेशका सामुदायिक वनहरुको कार्ययोजना पुनर्लेखन गरिसामुदायिक वनका सदस्यहरुलाई आयआर्जनमा जोडिने बताउनु भएको हो । हरियो वन नेपालको धन भन्ने नारालाई अव हरियो वन जनताको धन र समृद्धिको आधारका रुपमा अगाडि बढाउनुपर्नेमा केसीले जोडदिनुभयो । कार्यक्रममा बोल्दै केसीले नेपालमा सामुदायिक वन धेरै बनाइएको तर त्यसको व्यवस्थापन गर्न नसकेको समेत केसीले बताउनुभयो । दिगो वन व्यवस्थापन हुनका लागि वन जनताको आयआर्जनसँग जोडिनु आवश्यक भएको उहाँले बताउनुभयो ।‘सामुदायिक वनले नाँगा डाँडालाई संरक्षण गरि हरियो बनायौं, जोगाएको वनलाई अब जनताको आयआर्जनमा जोड्न आवश्यक रहेको छ मन्त्री केसीले भन्नुभयो ।सामुदायिक वन उपभोत्ता महासंघ जिल्ला महासङ्घ दोलखाको आयोजना र डिभिजन वन कार्यालय दोलखाको सहयोगमा भएको कार्यक्रम डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रेग्मीले वन कार्यालय गरिरहेको गतिविधीको बारेमा जानकारी गराउनु भएको थियो ।सामुदायिक वन उपभोक्ता महासंघ दोलखाका अध्यक्ष जगनाथ बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम भीमेश्वर नगरपालिका उपमेयर कमला बस्नेत,सामुदायिक वन उपभोक्ता महासंघ दोलखाका सचिव सविना आर्चाय र खोरथली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नारायण बहादुर थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।सामुदायिक वनमा यूवा, अवसर चुनौती र अठोट सम्वन्धीत  संवाद कार्यक्रमले युवाले उत्पादनमा आधारित उद्यम सञ्चालन गरेमा करमा छुट र उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्न स्थानीय र प्रदेश सरकारसँग अनुरोध गर्ने सहित १२ बुदेँ चरिकोट घोषणा–पत्र जारी गरिएको छ । 

Super Admin

agenonews

Please Login to comment in the post!

you may also like