Wednesday, December 17, 2025

दोलखाको शैलुङ गाउँपालिकामा एउटा मतदान स्थल थपियो


अगेनो न्यूज ःमंसिर १५- आगामी फागुन २१ गते हुने प्रतिनीधी सभाको निर्वाचनका लागि  दोलखाको शैलुङ गाउँपालिकामा एउटा मतदान स्थल थप भएको छ । जिल्लाको शैलुङ गाउँपालिका वडा नम्वर १ मा एउटा मतदान स्थल थप भएको निर्वाचन कार्यालय दोलखाका सुचना अधिकारी विशाल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन आयोगको निर्णय अनुसार पालिकाको वडा नम्वर १मा रहेको कुन्ठा प्राथामीक विद्यालयमा एउटा मतदान स्थल थप भएको हो । वडाको कालापानी लगायतका क्षेत्रका मतदाताहरुलाई मतदान गर्न जानका लागि घण्टौँसम्म हिडेर जानु पर्ने बाध्यता भएकाले वडा स्तरीय समितिले कुन्ठा प्राविमा ६ सय १६ मतदाता सङख्या रहेको विवरण सहित मतदान स्थल थप गर्नका लागि जिल्ला स्तरीय समितिलाई सिफासी गरेको थियो भने वडाको शिफारीसको आधारमा जिल्ला स्तरीय समितिले आयोगमा सिफारीस गरेको थियो । जिल्ला स्तरीय समितिको सिफारीसको आधारमा उक्त वडामा मतदान स्थल थप भएको हो । योसँगै शैलुङ गाउँपालिका वडा नम्वर १मा कल्लाबारी मावि, वडा कार्यालय र कुन्था प्राविमा मतदान स्थल कायम भएको छ । 


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like