Thursday, November 6, 2025

दोलखाको गोपिखोलामा मोटरसाइकल दुर्घटना ः थप उपचारका लागि घाइतेलाई काठमाडौं पठाइयो


अगेनो सम्वादाता ः असोज २०- दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर १ भिरकोटको गोपीखोला नजिकै मोटरसाईकल दुर्घटना हुदाँ एक जना घाईते हुनुभएको छ । जिल्लाको तामाकोशी गाउँपालिका वडा नम्वर १ भिरकोटको गोपीखोला नजिकै हिजो मोटरसाईकल दुर्घटना हुदाँ एक जना घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बा ३७ प ८६८७ नंम्वर मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा मोटरसाईकल चालक जिल्लाको तामाकोशी गाउँपालिका वडा नम्वर १ भिरकोटका २१ वर्षिय खोम बहादुर तामाङ घाईते हुनुभएको हो । घाईते तमाङको  दोलखाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाई स्मृती प्रादेशीक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारलाई काठमाडौँ रिफर गरिएको छ  ।


Super Admin

agenonews

Please Login to comment in the post!

you may also like