- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज २०- गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न पत्राचार गरेसँगै दोलखामा पनि आजबाट सार्वजनिक सेवा सञ्चालन हुने भएका छन् । मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले जारी गरेको सूचनामा विपद् जोखिम प्रतिकार्यमा संलग्न नभएका दोलखाका सहितका जिल्लालाई दशैपछिको सार्वजनिक सेवा सञ्चालन गर्न अनुरोध गरिएकाले जिल्लाका सबै सार्वजनिक निकायहरूबाट सेवा प्रवाह हुने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय दोेलखाले अनुरोध गरेको छ । यसअघि सरकारले विपद्को जोखिमलाई मध्यनजगर गर्दै आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।