- by agenonews
- Jun 19, 2025
अगेनो सम्वादाता ः असोज ११- दोलखाको जिरी नगरपालिकामा आज मोटरसाईकल दुर्घटना हुँदा एक जना घाईते हुनुभएको छ । जिल्लाको जिरी नगरपालिका वडा नम्वर ५ मा मोटरसाईकल दुर्घटना हुदाँ मोटरसाईकल चालक रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्वर ५ का ३५ वर्षिय कुमार तामाङ घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिम्सीनाले जानकारी दिनुभयो । उहाँका अनुसार जिरीको भित्री सडक खण्ड ढुङंगेबाट लिङक बजारतर्फ आउँदै गरेको बा ६१ प २०९ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित भइ सडकको नालामा पल्टिएको हो । घाईते तामाङको हाल जिरी अस्पताल उपचार भईरहेको छ । तमाङको वाँया खुट्टाको घुँडा मुनि र बाँया हातको पाखुरामा चोट लागेको प्रहरीले जनाएको छ ।